नेपाली फुटबलमा नयाँ फ्रेन्चाइज प्रतियोगिताका रूपमा नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ।
आयोजकले पहिलो संस्करण आगामी २०८३ फागुन १ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको प्रतियोगिता करिब चार महिनासम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता होम एन्ड अवे प्रणालीमा खेलाउने आयोजकको योजना छ।
लिगमा काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी गरी सात टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ। प्रतियोगितामा थप टोलीसमेत सहभागी गराउने तयारी रहेको छ।
नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले नेपाली फुटबललाई नयाँ दिशा दिने र घरेलु फुटबललाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिता अघि बढाइएको बताएका छन्। प्रतियोगिता निष्पक्ष रूपमा सञ्चालन गर्न स्वतन्त्र समिति गठन गर्ने योजना पनि आयोजकले सार्वजनिक गरेको छ।
नेपाल सुपर लिग ९एनएसएल० को चौथो संस्करण अन्योलमा रहेका बेला नयाँ लिगको घोषणा भएको हो। अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० को निलम्बनका कारण नेपाली फुटबलका गतिविधिमा समेत असर परेको अवस्थामा एनएफएलले खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिने अपेक्षा गरिएको छ।




