चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
मुकुन्द भट्टले निर्देशन गरेको ‘लप्पन छप्पन २’मा खिलेन्द्रराज तिमसिनाको प्रस्तुतिमा तयार भएको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रूपमा रहेका छन्।
चलिचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शिव श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
चलचित्रमा पटकथा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माले संयुक्त रूपमा लेखेका हुन््। पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ।




