भारतको महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा ७ हजार रन बनाउने विश्वकै पहिलो महिला खेलाडी बनेकी छिन्।
आइतबार लखनउमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३८ वर्षकी मितालीले यो उपलब्धि हासिल गरेकी हुन्।
मितालीले आइतबार २१३ औं एकदिवसीय क्रिकेट खेलेकी हुन्।
यसअघिको खेलमा मितालीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १० हजार रन पुरा गरेकी थिइन्।
१० हजार रन बनाउने मिताली विश्वकै दोस्रो खेलाडी हुन्।




