संजय श्रेष्ठ
पोखरा ०६ ,चैत २०७७
कास्की जिल्लामा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेकोमा जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त प्रमुख सई पुर्ण बहादुर अधिकारी सम्मानित भएका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० जीवनकुमार श्रेष्ठले सम्मानित गरेका हुन्।
कास्की जिल्लामा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै एसपी श्रेष्ठले नगद पुरस्कारसहित सम्मानित गरेको प्राप्त समाचारमा जनाइएको छ।
लामो समयदेखि नेपाल प्रहरी अन्तर्गत रहेको ट्राफिक प्रहरीको रुपमा सेवारत सई अधिकारी हाल जिल्ला ट्राफिक कार्यालय कास्कीमा निमित्त प्रमुखका रुपमा कार्यरत छन्।




