ओलम्पियाकोसँग हारका बावजुद आर्सनल युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जीत हासिल गरेको इंग्लिस टोली दोस्रो लेगमा आफ्नै घरेलु मैदानमा ०–१ गोलले पराजित भयो । तर, समग्रमा ३–२ जीत हासिल गर्दै अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।
युसेफ अल अराबीले खेलको ५१ औँ मिनेटमा गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । गत सिजन पाहुना टोलीले अन्तिम ३२ को खेलको अतिरिक्त समयमा गोल गर्दै आर्सनललाई प्रतियोगिताबाट बाहिर पठाएको थियो । तर, बिहीबारको खेलमा अराबीको गोलपछि टोलीले थप गोल गर्न सकेन । खेलको ८२ औँ मिनेटमा ओसेनाउ बाले रातो कार्ड खाएपछि ओलम्पियाकोसको पुनरागमनको सपनामा थप धक्का लागेको थियो ।
आर्सनल अन्तिम आठमा
आर्सनल अन्तिम आठमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




