हालै लण्डनमा बसेका ट्याटु आर्टिस्टले रोबोटिक्सको मद्दतले नेदरल्याण्डमा एक महिलाको हातमा ट्याटु बनाएका छन् । यस्तो फाइभजी प्रविधिको मद्दतले सम्भव हुन सकेको हो । यो संसारको पहिलो रिमोट ट्याटु हो जुन ४८३ किलोमिटरको दुरीबाट बनाइएको हो ।
यसको नाम राखियो इम्पोसिबल ट्याटुः
ट्याटु आर्टिस्ट वेस थोमसले हातमा डिजाइन बनाउनका लागि आफूले झण्डै सयपटक आफ्नो उपकरणको परीक्षण गरेको बताए । ट्याटु नेदरल्याण्डकी नायिका स्टिन फ्रेन्सेनको हातमा बनाइयो । यसलाई ‘इम्पोसिबल ट्याटु’ को नाम दिइएको छ ।




