यही जेठ १ गते देखि ८ गते सम्म आयोजना गरिने राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८ू बारे शनिबार बृहद छलफल गरिएको छ।
ग्रिन हाउस पार्टी प्यालेस हेम्जा मा आयोजित छलफल मा गण्डकी प्रदेश फुटबल संघ का प्रबक्ता रमेश कार्की, एन्फा कास्की का उपाध्यक्ष जगत बहादुर थापा लगायत को उपस्थिति रहेको थियो।क्लब का सचिब सुनिल गायक का अनुसार छलफल मा पुरस्कार को राशि समेत तय गरिएको छ। जसमा प्रथम हुने टिम ले नगद रु पाँच लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एबम दृतिय हुने टिम ले नगद रु २ लाख पचास हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
हेम्जा युनाइटेडको आयोजनामा पाचौँ संस्करणसम्म शुभकामना कपको रुपमा संचालित प्रतियोगिताले छैटौँ संस्करण देखि भने गोल्डकपको रुपमा खेलाउन लागेको हो ।अघिल्लो संस्करणसम्म प्रदेश स्तरीय प्रतियोगिता गर्दै आएपनि अब भने ए डिभिजनका क्लबहरुको सहभागिता रहने भएको छ । आयोजक हेम्जा युनाइटेडले अखिल नेपाल फुटबल संघ ९एन्फा० र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नकालागि स्विकृत माग गरेको थियो । सोहि स्विकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको हो ।
निवेदन स्विकृत गरेसंगै गोल्डकपको आयोजना गर्न पाउने भएको छ ।यस्तै स्विकृत संगै आफुहरुले प्रतियोगिताको तयारी गर्न लागेको हेम्जा युनाइटेका अध्यक्ष इन्द्र कुवरले जानकारी दिए । प्रतियोगितामा आयोजक, ए डिभिजन तथा वि डिभिजन सहित ८ टिमको सहभागिता रहने अध्यक्ष कुवरले बताए ।




