अर्जेन्टिनी खेलाडी सर्जियो आउने सिजनमा बार्सिलोना जाने सम्भावना रहेको छ । उनका एजेन्टले बार्सिलोना अध्यक्ष लापोर्तासँग सहमति गर्न खोजि रहेको र सर्जियोले पनि मेस्सीसँगको साझेदारी गर्न इच्छुक रहेको समाचार बाहिरिएको छ ।
सर्जियो स्पेनिस क्लब एथ्लेटिको मड्रिड बाट सन् २०११ मा म्यानचेस्टर सिटी गएका अग्युरोले क्लबको ३८४ खेलमा २५७ गोल गरेका छन्। सर्जियो म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्ता समेत रहेका छन् ।
संञ्चारमाध्यमका अनुसार सर्जियोको पारिश्रमिक लगभग १५ मिलियन युरो रहेको छ ।




