पोखरा – पोखरामा मंगलवार थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा तथा विध ल्याब ललितपुरमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अध्यावधिक विवरण अनुसार पोखरा वडा नम्बर १ मा १ जना पुरुष, ४ मा १ जना महिला, ५ मा १ जना महिला, ६ मा १ जना पुरुष तथा ७ मा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ नम्बर वडामा २ जना महिलासहित ३ जना पुरुष गरी ५ जनालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ९ मा १ जना पुरुष ,वडा नम्बर १३ मा २ जना पुरुष, वडा नम्बर १५ मा २ जना महिला तथा २ जना पुरुष ,१७ नम्बर वडामा १ जना महिला, १ जना किशोर तथा, १ जना पुरुष,१९ मा १ जना महिला ,वडा नम्बर २९ मा २ जना महिला १ जना पुरुष, वडा नम्बर ३० मा ७ जना १ जना बालिकासहित ३ जना महिला तथा ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । ३१ नम्बर वडामा ४ जना ३ जना महिला तथा १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ५ सय ६१ पुगेको छ ।




