बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई “ब्लड क्यान्सर” भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् । किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् । सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिइन् ।
अभिनेत्री किरण खेरलाई “ब्लड क्यान्सर”
अभिनेत्री किरण खेरलाई “ब्लड क्यान्सर”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




