अध्यक्ष केपी शर्मा ओलीले समसायिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताउनुभयो
माधव नेपाल पक्षको सहभागिताबिनाको बैठकले तीन नेताहरूसहितको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेकोमा यसबीचमा नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई निलम्बन गरिएको छ ।
यही बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको थियो ।




