पछिल्लो २४ घण्टामा ४ हजार २८९ नमुना परीक्षण पीसीआर विधिबाट र ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो।
नेपालमा ६०३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५८० जना पीसीआर र २३ जना एन्टीजेन पोजेटिभ आएको हो।
कुल संक्रमितमध्ये २५४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएको डा गौतमको भनाइ छ। उनका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना गरी काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण देखिएको छ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




