भारतको महाराष्ट्रमा बुधबारदेखि १५ दिनको भाइरस लकडाउन लागु हुँदैछ । बलिउडको केन्द्रविन्दू मानिने मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा बलिउड पनि छ ।
त्यहाँ भाइरसको संक्रमण र गति हेर्दा लकडाउन अझै लम्बिन सक्ने अनुमान गर्न सकिन्छ । किनभने भारत संसारमै कोरोनाबाट प्रभावित मुलुकमध्ये एक हो । मुम्बईमा सिनेमा घरसहित भीडभाड हुने थलो पनि अहिले बन्द गरिएका छन् ।
लकडाउनको कारण ठूलो बजेटका फिल्म छायांकन समेत रोकिएका छन् । भारतीय संचारमाध्यमका अनुसार बन्दाबन्दीले गर्दा शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, प्रवास र कृति स्यानोन स्टारर ‘आदिपुरुष’ र ‘डोंग्री टु दुबई’ छायांकन स्थगित भएका छन् ।
शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’छायांकन स्थगित
शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’छायांकन स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




