नेपाल अभिभावक महासंघ पोखरा महानगर कमिटि गण्डकी प्रदेशको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ
कमिटिका अध्यक्ष भिम प्रसाद सुवेदीको अध्यक्षतामा सो कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथि हेम प्रसाद आचार्यले समय सन्र्दभ जति–जति कमजोर बन्दै जान्छ शिक्षा क्षेत्र पनि त्यतिनै प्रभावित हुने रहेछ भन्ने कुरा हामी सबैले देखेको बताए ।
उक्त कार्यक्रममा कमिटिका सदस्य एंव क्यालेन्डर प्रकाशन समितिका संयोजक कलाधर बरालले स्वागत मन्तव्य राखेका थिए भने कमिटिका उपाध्यक्ष विष्णु सुवेदी भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै कार्यक्रम संचालन कमिटिका सचिव देवेन्द्र बास्तोलाले गरेका थिए ।
नेपाल अभिभावक महासंघ पोखरा महानगर कमिटि गण्डकी प्रदेशको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन
नेपाल अभिभावक महासंघ पोखरा महानगर कमिटि गण्डकी प्रदेशको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




