गलकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसीसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा काँग्रेसको साथ रहने जानकारी दिइन् । “एमसीसीप्रति काँग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि काँग्रेस बाधक छैन” उनले भनिन् । उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै काँग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘गण्डकी प्रदेश समेतमा काँग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।
‘एमसीसी सम्झौताप्रति काँग्रेस सकारात्मक’
‘एमसीसी सम्झौताप्रति काँग्रेस सकारात्मक’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




