त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाललाई नेदरल्यान्ड्ले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छँदै भेट्टायो ।
नेपाललाई हराउन नेदरल्यान्ड्सका ब्याट्सम्यान बास डि लिडीले निर्णायक भूमिका खेले ।




