बागलुङमा एक विद्यालयका ३९ जनामा कोरोना संक्रमण भएको छ । आइतबार र सोमबारसमेत निरन्तर पढाइ चलेको जिल्लाको बागलुङ नगरपालिकाको एक विद्यालयमा विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सामान्य लक्षण देखा परेपछि ९८ जनामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख डा। सुरज गुरौंले जानकारी दिए ।
पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित सबै अहिले होम आइसोलेसनमा छन् । एउटै विद्यालयबाट यति ठुलो संख्यामा अभिभावक, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाको पालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९एलसीसीएमसी०को आकस्मिक बैठकले नगरपालिकाका वडा नम्बर १२, १३ र १४ लाई कम्तिमा १० दिन पूर्ण रुपमा बन्द गर्न जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० लाई सिफारिस गर्ने निर्णय गरेको छ




