सुदूरपश्चिम । कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् । सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । तीन दिन अघिसम्म सघन उपचार कक्षमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार व्यवस्थापन भइरहेको थियो ।
प्रदेशमा कोभिड–१९ का ३७८ सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, बझाङ, डडेल्धुरा र डोटीमा गरी ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थाले
भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थाले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




