नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो ।नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो बेलामा मानिसको मुभमेन्टलाई नियन्त्रण गर्न सकेपछि कोरोनाको चेन ब्रेक हुने निष्कर्ष निकालिएको छ । लकडाउनलाई स्थानीयले पालना गरेको देखिन्छ । पहिलो दिन नेपालगन्जको सडक सुनसानजस्तै थियो, बजार बन्द भयो । मानिसको चहलपहल कम नै देखिन्थ्यो ।
कोरोना संक्रमण दर ह्वात्तै बढेपछि नाकामा भीड भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए
कोरोना संक्रमण दर ह्वात्तै बढेपछि नाकामा भीड भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




