च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिले लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्माइनलाई २–१ ले हराएको छ । खेलमा १–० ले पछि परेको स्थिती उल्ट्याउँदै सिटीले ‘अवे’ जित निकालेको हो ।
पेरिसस्थित घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा पिएसजीलाई मार्किन्होस् कोरियाले अग्रता दिलाएका थिए । उनले एन्जेल डि मारियाको पासमा गोल गरे ।
पहिलो हाफमा १–० ले पछि परेको सिटी दोस्रो हाफमा खेलमा फर्कियो । डि ब्रुयानेले ६४ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ७ मिनेटपछि रियाद महरेजले सिटीलाई अग्रता दिलाए ।
दुई टोलीबीच अब अर्को साता सिटीको घरेलु मैदान इतिहाद रंगशालामा प्रतिस्पर्धा हुनेछ ।




