अङ्ग्रेजी समुदायमा दिनभरको खानाको सबैभन्दा महत्त्वपूर्ण खाना नै बिहानको नास्ता लाई मानिन्छ ।हरियो सलाद,दाल,अण्डा,काजु आदि बिहानको नास्तामा लिने चलन छ।
विटाविक्सले बेलायतमा गरेको नयाँ अनुसन्धानले हरेक बिहान बदामको मख्खन सेवन गर्ने मानिसहरुको यौन जीवन निकै सक्रिय र सफल हुने बताइएको छ।
त्यसै गरि मारमाइट सेवन गर्नेहरु पढाईमा अब्बल हुने गरेको तथा नास्तामा एक कप चिया मात्र पिउने हरु पनि धेरै पैसा कमाउन सफल हुने हरेको पाइएको अनुसन्धानले जनाएको छ।विटाबिक्सले करिब २ हजार बेलायती बयस्क माथी यो सर्बेक्षण गरेको हो।एक कप चिया मात्र खानेहरुको औसतमा बार्षिक आय एक लाख पाउण्ड नाग्ने गरेको पाइएको छ।
त्यसैगरि फ्रेन्च टोस्ट खानेहरु पाटी गर्न रुचाउने र केरा खानेहरु त’नाव मुक्त हुने गरेको पाइएको छ।त्यसै गरि एक कचौरो दाल खानेहरु भने परिवार र साथी हरु माझ निकै विश्वासिला हुने गरेको बताएको छ ।दहि फल सेवन गर्नेहरु भमे निकै भाबुक हुने गरेको पाइएको छ।
सहभागी मध्ये ३३ प्रतिशतले केही नखाइकन दिनचर्या सुरु गर्न नसक्ने बताएका थिए।१७ प्रतिशतले कफि खाएर दिनचर्या सुरु गर्ने बताएका थिए।२५ प्रतिशतले भने बिहान नास्ता नै नगर्ने तथा ४२ प्रतिशतले भने आफुहरु सङ नास्ता लिन समयनै नभएको गुनासो गरेका छन् । एजेन्सी ।




