भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ ।
अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द गरिसकेको छ । भारतमा अस्ट्रेलियाका करिब ९ हजार नागरिक रहेको अनुमान गरिएको छ । यसमध्ये ६ सय जना जोखिम समूहमा रहेका छन् ।
अस्ट्रेलियन मिडियाका अनुसार आफ्नो देश फर्किनलाई अवैद्य बनाइएको पहिलो पटक हो । अस्ट्रेलिया फर्कने मितिभन्दा १४ दिनभित्र भारत गएकाहरुलाई सोमबारबाट अस्ट्रेलिया भित्रने प्रतिबन्ध गरिनेछ ।
भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय
भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




