भीरमा टिकटक बनाउने क्रममा ल’डेर उदयपुरमा एकजनाको मृ’त्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान(५ का १८ वर्षीय सुवास परियारको मृ’त्यु भएको हो।
सुमो गाडी चढेर ओखलढुङ्गातर्फ जाँदै गरेका परियार उदयपुरको हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट ल’डेर उनी ग’म्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी ९एसपी० भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृ’त्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।




