नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ८ हजार ४ सय १८ जना कोरोना सं’क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १७ हजार ३ सय १५ आरटी पिसिआर र ९ सय ८९ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट ८ हजार २ सय ८७ र एन्टिजेन विधिबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्यावधिक विवरणमा जनाएको छ ।
कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । शनिबार देशभर ३ हजार ३ सय ७० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
२४ घन्टामा सं”क्रमणमुक्त भएका ३ हजार ३ सय ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको छ । निको हुने दर ७७.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा ५३ जनाको सं”क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।




