पोखरा । अल्पमतमा परी बैशाख २६ गते राजीनामा बुझाएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुब्बा गुरुङले ७२ घण्टापछी फेरी मुख्यमन्त्रीको सपथ ग्रहण लिदै छन । गुरुङ सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय सहिद चोक पुगेको उनका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिए । गुरुङ कोरोना संक्रमित रहेकाले विशेष सुरक्षा अपनाएर सपथ ग्रहण गराइने नेपालीले बताए ।
काङ्रेस माओबादी र राजमो र जसपा सहितको गठबन्धनले बहुमतको दावी गर्दै मुख्यमन्त्रीमा प्रदेश प्रमुख कार्यालयमा दावी पत्र पेश गरेपनी अन्तमा राजमोका दुई जना सांसदले अन्तरघात गर्दा बहुमतको सरकार बन्न नसकेपछी संवैधानिकको धारा १६८ को ३ अनुसार अब प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले फेरी मुख्यमन्त्री पदको सपथ लिन लागेका हुन ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले ६० सदस्यीय प्रदेश सभाका कांग्रेसका १५, माओवादीका ९सभामुखसहित० १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए। तर त्यसअघि नै मध्याह्न जनमोर्चाका थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताएका छन्। उनले आफू संसदीय दलको नेता रहेको प्रष्ट गरेका छन्।
जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखकहाँ पोखरेलको दाबीअघि नै बुझाएका छन्। थापा र शाहीको पत्रअनुसार पोखरेलले दाबी गरेअनुसार बहुमत नपुगेको हो।
मुख्यमन्त्रीमा गुरुङ दोहोरिए पछि उनले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत लिन सकेनन् भने संसद विघटनसम्म भई छ महिनाभित्र निर्वाचनमा जानुपर्ने हुन्छ ।




