विश्वभर नैे को’रोना भाइ’रस ९कोभिड–१९० को दोस्रो लहर आएसँगै यसले कयौंको ज्या’न लिएको छ भने करोडौं सं’क्रमित बनेका छन् । नेपालको कुरा गर्ने हो भने सं’क्रमितको संख्या दैनिक झण्डै १० हजार पुग्न थालिसकेको छ भने मृ’तकको संख्या दैनिक झण्डै २ सय पुग्न थालिसकेकोछ ।
यस्तो म’हामारीमा पनि सरकारले राजधानीमै को’रोना सं’क्रमितका लागि सबैभन्दा पहिला आवश्यक पर्ने अक्सिजन जोहो गर्न सकेको छैन । यो म’हामारीमा को’रोना पी’डितको जीवन रक्षाका लागि जरूरी भएको अक्सिजनको अ’भाव प्रमुख स’मस्याका रूपमा देखिएको छ । समयमै अक्सिजन पाउन नसक्दा दिनदिनै कोरोना पीडितहरूको ज्यान गइरहेको छ ।
काठमाडौंमा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेपनि हाल ८ हजार लिटर मात्रै उत्पादन भइरहेको तथ्यांक छ ।
अर्बौं लगानी गरेर सञ्चालनमा ल्याइएका निजी क्षेत्रका अस्पतालले आफ्ना अक्सिजन प्लान्ट भने बनाउन सकेका छैनन् । जसले गर्दा पनि अहिले यो स’मस्या देखा परेको हो । अस्पताल र देशको अवस्था भन्दा पनि अब हामी समान्य अवस्थामा हाम्रो शरिरमा अक्सिजनको मात्रा कसरी सहज बनाउन सक्छौ भन्नेतर्फक कुरा गरौं ।
चिकित्सकहरुका अनुसार को’रोनाका सामान्य विरामीका लागि प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउन सकिन्छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुका अनुसार यसरी प्राकृतिक रूपमा लिइने अक्सिजनले निकै रा’हत पुर्याउने बताइएको छ ।
चिकित्सकहरुले बताएअनुसार घाँटी, पेट९पेट भन्दा अलिक तल नाइटो भन्दा मुनि० र गोडामा तकिया राखेर घोप्टो अर्थात् पेट तलपर्ने आसनमा सुत्दा सामान्य अवस्थामा भन्दा श्वासप्रश्वासमा सहज हुने बताइएको छ ।
को’रोना सं’क्रमण भएपछि श्वासप्रश्वासमा स’मस्या हुँदा अपनाउनुपर्ने प्रकृयाका बारेमा महानगरिय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीहरुलाई तालिम समेत दिइएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई श्वास प्रश्वासमा सामान्य क’ठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन बृद्धिका लागि गरिने द्यचभबतजष्लन भ्हभचअष्कभ, योगाभ्यास र अपनाउने आसनका बिधीहरु सबन्धी जानकारी प्रदान गरिएको हो ।
तस्विरमा देखाए जसरी सुतेको खण्डमा केही हदसम्म शरिरमा अक्सिजन मेन्टेन हुने चिकिच्सकहरुले बताएका छन् । यसरी सुत्दा पनि श्वास फेर्न सहज नभएमा बिरामीले तुरुन्त अस्पताल जाने व्यवस्था गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
शरिरमा अक्सिजन कति हुनुपर्छ रु
अक्सिजनको मात्रा पल्स अक्सिमिटरले सजिलैसँग नाप्न सकिन्छ। ९५ वा माथिकालाई नर्मल मानिन्छ। दमका बिरामीमा ८८ प्रतिशतभन्दा कमलाई घ’टेको मानिन्छ। दिनको तीनरचार पटक नापेर हेर्दा ९५ प्रतिशतभन्दा बढी भएमा आइसोलेसनमा नै बस्न सकिन्छ तर त्योभन्दा कम भएमा दम रोगीभन्दा कम भए तुरुन्त अस्पताल जाने वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ। फोक्सोमा पुगेको हावाबाट अक्सिजन रगतमा भएको हेमोग्लोविनसँग शरीरको विभिन्न भागमा पुग्छ।
अक्सिजन घ’ट्दा शरीरमा के अ’सर गर्छ रु
शरीरमा अक्सिजन क’म भएमा महत्वपूर्ण अङ्ग ९मुटु, मिर्गौला, कलेजो, ब्रेन० आदिलाई अ’सर गर्छ। अक्सिजन क’म हुनुको मुख्य कारण भाइसरले फोक्सोमा पुर्याएको अ’सर हो । सुरुमा निमोनिया गराए पनि पछि ज्थउयहष्ब बनेर फोक्सोको श्वास लिने र फाल्नेमा ग’म्भीर अ’सर गर्छ। अक्सिजन दिँदा पनि नहुने, भेन्टिलेटरमा राख्नुपर्ने र यी सबै उपचार पद्धतिबाट पनि बिरामीलाई बचाउन नसकिने अवस्था आउन सक्छ। धेरै अङ्गहरुमा अ’सर परेको अवस्थालाई मल्टी अर्गान फेलियर भनिन्छ। यो एकदमै ना’जुक अवस्था हो। समयमै अक्सिजनको मात्रा पुर्याउन सकेमा धेरै बिरामीलाई यो अवस्थामा जानबाट रोक्न सकिन्छ। वयस्क तथा दीर्घरोगीहरु जस्तैः मधुमेह, दम, उच्च रक्तचाप, मुटुको अरु रोग तथा कलेजोका समस्या भएका सङ्क्र’मितहरुमा साइलेन्ट हाइपोक्सिया कम हुने सम्भावना भए पनि वृद्ध तथा दीर्घरोगीहरुमा यसको असर धेरै हुन्छ।




