ललितपुरको खुमलटार घर भएका १८ वर्षीय युवा नुभिव उप्रेतीको ह’त्या आ’रोपमा प’क्राउ परेका तीन जना किशोरलाई जिल्ला अदालत कास्कीले पु’र्पक्षका लागि थु’नामा राख्न आदेश दिएपछि उनीहरु कारा’गार च’लान भएका हुन्। अदालतको आदेशमा कास्की कारा’गार च’लान भएका युवाहरुमा स्याङ्जा घर भएका वर्ष १९ का बिगेन गुरुङ र १९ वर्षकै बासुदेव गुरुङ रहेका छन्। बालिग नभएका’कारण खोटाङ घर भई पोखरा बस्ने आशिष राईलाई बाल सुधार केन्द्र, सराङ्गकोटमा पठाइएको छ।
शुरुमा पोखराको फेवातालस्थित बाराही मन्दिरसँगै मृ’त भेटिएका नुभिव उप्रेतीले आत्मह’त्या गरेको जानकारी वडा प्रहरी कार्यालय बैदाम पोखराले दिएको थियो। पि’डि’त भगवती मैनाली उप्रेतीले आफ्नो छोरा नुभिव उप्रेतीलाई ह’त्या गरिएको भन्दै वडा प्रहरी कार्यालय बैदाममा जाहेरी दिन खोज्दा समेत बेवास्ता गरेको पि’डित पक्षको दाबी छ।
बुवा, आमालाई थाहा नदिइकन वैशाख ३ गते ललितपुरबाट पोखरा हिडेका नुभिव उप्रेतीलाई वैशाख ४ गते केही युवाहरुले लेकसाइडको स्ट्रिट नम्बर–१३ मा मर’णा’सन्न हुने गरी लखेट्दै कु’ट’पि’ट गरेको ट्रेजर लाउन्जको सिसि’टिभी फुटेज भेटिएपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरेको बताइएको छ।
वैशाख ४ मा नुभिवको श’व भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घटना अनुसन्धान गरेको थियो । सिसिटिभी फु’टेज हेरेपछि नुभिव उप्रेतीलाई कु’टपि’ट गरी ह’त्या गरिएको निष्कर्ष निकाल्दै प्रहरीले पोखराको घारीपाटन बस्दै आएका आशिष राई,बिगेन गुरुङ र बासुदेव गुरुङलाई प’क्राउ गरेर क’र्तब्य ज्या”न सम्ब’न्धि मु’द्दामा अनुसन्धान थालेको थियो।
बैशाख ३ गते काठमाडौँबाट पोखरा आएका नुभिव राति होटल वेलकम इनमा बसेका थिए । पोखराको एक रेष्टुेरेन्टमा भ’ना’भ’न हुँदा कु’टपि’ट गरेको आरो’पीहरुले स्वी”कार गरेका छन् । तर नुभिवले बोक्ने मोबाइल फेला परेको छैन । आमालाई ह्वाट्स एपमा गरेको भनिएको म्यासेजको डिटेल्स पनि प्रहरीले फेला पार्न सकेको छैन् ।
नुभिवकी आमा भगवती मैनाली उप्रेतीले श’व भेटिँदा पनि छोराको मोवाइल चलिरहेको दाबी गर्दै प्रहरी अनुससन्धानमा शंसका गरेकी छिन् ।




