पोखरा स् पोखराका अस्पतालहरुमा उपचाररत ३ जना सहित गण्डकीमा पनि आज ६ जना कोरोना संक्रमितहरुको मृ’त्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृ’त्यु हुने जिल्लाहरु आज ३ रहेको छ। कोरोनाबाट कास्की जिल्लामा २ जना , स्याङ्जा जिल्लामा १ जना र नवलपरासी जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट नि’धन भएको हो।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट नि’धन हुनेको संख्या ९२० पुगेको छ ।
यस्तै , आज कास्कीमा १०३ सहित गण्डकीमा २१३ जनामा संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त ३४७ जना भएका छन्।




