नेपालमा पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ३५ हजार १८८ र एन्टिजेनबाट ३३ हजार ३३ जना पुगेको छ ।
यस्तै, आज थप ३८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । निको हुनेको दर ९२।६ प्रतिशत छ ।
आज संक्रमणबाट थप ४२ जनाको मृसत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्या’न गु’माउनको कुल संख्या ९ हजार ५१ पुगेको छ ।




