पोखरा । पछिल्लो २४ घण्टामा कास्कीमा थप ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा १४७ जना पुरुष तथा १५७ जना महिला गरी ३०४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
य्सै गरी गण्डकी प्रदेश भरी १ हजार ३६५ जनाको नमुना परीक्षणमा थप ७१० जनामा कोरोना पुष्टिभएको छ ।
निर्देशनालयका अनुसार कास्कीका ३०४ सहित म्याग्दीका ६ जना, पर्वतका ४३ जना, गोरखाका १९ जना, लमजुङका २७ जना, तनहुँका ७९ जना, बाग्लुङका ३५ जना, स्याङ्जाका ६० जना र नवलपुरका १३७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार १०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।
गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ६२ पुगेको छ।




