आज पोखरामा उपचाररत ६ जना सहित गण्डकीमा ८ जनाको कोरोना संक्रमणबाट दु’खद नि’धन भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आज निकालेको विज्ञप्ति अनुसार आज गण्डकीमा ८ जनाको नि’धन भएको हो। पछिल्लो समयमा घट्न लागेको संक्रमण दर पुनस् बढ्दै गैरहेको छ । यसरीनै संक्रमण दर बढ्दै जानी हो भने फेरी कोरोना महामारिको तेस्रो लहर नआउला भन्न सकिन्न ।
आज कोरोना संक्रमणबाट ४ जिल्लाको व्यक्तिको नि’धन भएको हो । आज कोरोना संक्रमणबाट कास्की जिल्लाका २ जना महिला र २ जना पुरुष ,स्याङ्जामा १ जना पुरुष र १ जना महिला , बाग्लुङ्गमा १ जना पुरुष र नवलपरासीमा १ जना महिलाको दु’खद नि’धन भएको छ।
आज गण्डकीमा ८ जनाको नि’धन भए संगै हाल सम्म गण्डकीमा नि’धन हुनेको संख्या १०७४ पुगेको छ।
यस्तै आज कास्कीमा २५५ सहित गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
आज कोरोना संक्रमण पुस्टि हुने जिल्लाहरु ९ रहेका छन्। आज कास्कीमा २५५ जना , म्याग्दीमा ३२ जना , पर्बतमा २१ जना , गोर्खामा ४७ जना ,लमजुङ्गमा २० जना , तनहुमा ६० जना , बाग्लुङ्गमा ६३ जना , स्याङ्जामा ५० जना र नवलपरासीमा ७७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
गण्डकीमा आज थपिएका ६२५ जना संकमित सहित हाल सम्मका गण्डकीमा ६६२८९ जनामा संक्रमण पुस्टि भएको छ।




