टोकियो ओलम्पिकमा भाग लिइरहेकी बेलारुसकी खेलाडी क्रिस्टिना तिमानोवस्कायाले पोल्याण्डसँग शरण मागेकी छन् । रिपोर्टका अनुसार क्रिस्टिनालाई चाँडै घर फर्किन भनिएको थियो जसलाई उनले अस्वीकार गरिन् ।
क्रिस्टिनाले जापानी प्रहरीको सुरक्षाबीच एक होटलमा रात बिताएकी थिइन् । आफ्नो प्रशिक्षकको आलोचना गरेका कारण उनलाई जबरजस्ती विमानस्थल लगिएको उनको आरोप छ । बेलारुस फर्किदा आफ्नो सुरक्षालाई लिएर उनले चिन्ता व्यक्त गरेकी थिइन् । उता, बेलारुसले भने उनको मानसिक स्थितिका कारण उनलाई टोलीबाट बाहिर राखिएको बताएको छ ।
त्यसपछि २४ वर्षीया क्रिस्टिनाको एउटा तस्बिर बाहिर आयो जसमा उनी टोकियोस्थित पोल्याण्डको दूतावासमा जाँदै गरेको देखिएको थियो । उनले त्यहाँ शरण मागेपछि पोल्याण्डले भिसा पनि प्रदान गरिसकेको छ । पोल्याण्डका विदेश मन्त्रालय एक अधिकारी मार्सिन प्रजीडेक्जका अनुसार क्रिस्टिनाले मानवीय आधारमा पोल्याण्डको भिसा आग्रह गरेकी थिइन् ।
टोकियो ओलम्पिक बेलारुसकी खेलाडीले किन पोल्याण्डँसग शरण माग्नुपर्यो
टोकियो ओलम्पिक बेलारुसकी खेलाडीले किन पोल्याण्डँसग शरण माग्नुपर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




