म्यानचेस्टर सिटीले इंलिस मिडफिल्डर ज्याक ग्रेयलिसलाई क्लबमा भित्र्याएको छ । सिटीले १० करोड पाउन्ड खर्चिएर ग्रेयलिसलाई एस्टन भिल्लाबाट क्लबमा भित्र्याएको हो । खेलाडी किन्दा बेलायती क्लबले खर्चिएको यो अहिलेसम्मकै ठूलो रकम हो । २५ वर्षीय ग्रेयलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । उनले सिटीमा १० नम्बरको जर्सी लगाउनेछन् । सर्जियो अग्वुइरोले क्लब छाडेपछि यो जर्सी रिक्त थियो ।
पेप गार्डीओलाको प्रशिक्षणमा रहेको सिटीबाट उनले शनिबार हुने कम्युनिटी शिल्डअन्तर्गत लेस्टर सिटीविरुद्धको खेलमा डेब्यु गर्न सक्छन् । इङल्यान्डको बर्मिङह्याममा जन्मिएका ग्रेयलिसले एस्टन भिल्लाको युवा एकेडेमीबाट आफ्नो करियर सुरु गरेका थिए । उनले २०१३ मा भिल्लाको सिनियर टिमबाट डेब्यु गरे । त्यसयता, उनले भिल्लाका लागि १ सय ८५ खेल खेल्दै २९ गोल गरेका छन् । २०२० यता यी मिडफिल्डरले इङल्यान्डबाट १२ खेल खेलिसकेका छन् ।
सिटीको सर्जियो अग्वुइरोले लगाएको जर्सी एस्टन भिल्लाका ग्रेयलिसलाई
सिटीको सर्जियो अग्वुइरोले लगाएको जर्सी एस्टन भिल्लाका ग्रेयलिसलाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




