• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १ दिन अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १ दिन अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १ दिन अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १ दिन अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

विदेशबाट के के सामन लिएर आउंदा हुन सक्छ जफत

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement

    वैदेशिक रोजगारीबाट स्वदेश फर्कने नेपालीहरुले विदेशबाट ल्याउने समानहरुमा भन्सार तिर्नु परेको छ । कुनै कुनै यस्तो पनि समान छन जसमा भन्सार नलागेर सिधा जफत पनि हुने नियम बताइएको छ ।
    विदेशबाट घर फर्कँदै हुनुहुन्छ भने यो जानकारी तपाइको लागि महत्वपूर्ण हुनसक्छ । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन ।

    कोरोना संक्रमण पछि हाल नेपाल सरकारले अन्तर्राष्ट्रिय सबै उडान खुल्ला गरिसकेको छ । यस्तो अवस्थामा एयरपोर्ट अध्यागमनको नयाँ नियम अनुसार के कस्ता सामानमा भन्सार लगाउने र के कस्ता सामान जफत हुने नयाँ अपडेट आएको छ ।यदी भन्सार शुल्क बारे जानकारी नलिई सामानहरु ल्याउँदा वा तोकिएको परिमाण भन्दा बढी सामान ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने हुनसक्छ ।

    विदेशबाट फर्किनेले खासगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा निकै विचार पुर्याउनुपर्ने हुन्छ । यस्ता सामानहरु नेपालीहरुले बैदेशिक रोजगारीबाट फर्कंदा बढी ल्याउने सामानमा गनिन्छ ।त्यसैले पनि भन्सारमा यस्ता कुराहरुमा बढी ध्यान दिइन्छ । कतिपय सामानहरु ल्याउदा तोकिएको भन्सार कर तिर्नुपर्ने हुन्छ भने कतिपय सामानहरु सिधै जफत पनि हुनसक्छ ।

    विदेशबाट आउनेले भन्सार तिर्न पर्ने नपर्ने बस्तुहरुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ ।नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुन्छ ।

    जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ ।

    त्यस्तै आफुले प्रयोग गरेको मोबाइल, ल्यापटप, क्यामेरा जस्ता सामानहरुमा पनि कुनै कर लाग्दैन । त्यस्तै विदेसिएकाले घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर, टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ ।

    त्यस्तै, शारीरिक रुपमा अशक्त व्यक्ति हुनुहुन्छ भने आफ्नो प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउँछन् ।त्यस्तै सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ । तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ ।

    त्यस्तै एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन । त्योभन्दा बढी परिमाण ल्याए जफत हुन सक्छ ।त्यस्तै, पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट हुन्छ । डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ ।

    त्यस्तै विदेशबाट फर्किएकाहरुले शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री ९आइरन०, राइस कुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ ।

    उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ।नयाँ नियम अनुसार, १० किलोग्रामसम्म खाद्य परिकार पनि ल्याउन सकिन्छ । सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने हुन्छ ।

    तर, कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।कार्यालयका अनुसार यी सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन् ।

    त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने कार्यालयले जनाएको छ।यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुने छ। विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ।नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिन्छ ।

    नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईन्छ । यसरी आएको सामान सम्बन्धित संस्था वा व्यक्तिले ७ दिनसम्ममा लिएमा प्रतिदिन प्रतिकिलो ३० पैसाको दरले गोदाम शूल्क लाग्छ ।

    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.