लियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन जाने पक्का १ यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भइसकेको छ ।
स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर ‘फाइनास्यिल फेयर प्ले’ अनुसार पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने दाबी गरिएको छ । ‘आर्थिक अनुशासनमा पीएसीको अवस्था बार्सिलोनाको भन्दा खत्तम रहेको छ,’ डा। हुवान ब्राङ्कोले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘सन् २०१९र२० मा पीएसजीको ९९ प्रतिशत आम्दानी खेलाडीको तलबमा खर्च गरिएको थियो जबकी बार्सिलोनाको ५४ प्रतिशत मात्र यसमा खर्च भएको छ ।’
फ्रेन्च क्लबको खर्चका कारण प्रतियोगितामा असर पर्ने दाबी गर्दै उजुरीकर्ताहरुले मेस्सीलाई पीएजसी जानबाट रोक्न चाहेका छन् । मेस्सीले आफ्नो तलब ५० प्रतिशत घटाउँदा पनि युरोपियन नियामक निकाय र ला लिगाले तोकेको मापदण्डभन्दा ११० प्रतिशत हुने भएकै कारण जोआन लापोर्टाले उनको करार नवीकरण गर्न नसकेको पनि उजुरीमा उल्लेख छ ।
पीएसजीले यो सिजन जियानलुइजी डानारुमा, सर्जियो रामोश, असरफ हाकिमी, जर्जिनियो विज्नाल्डमजस्ता हाइप्रोफाइल खेलाडीलाई अनुबन्ध गरिसकेको छ । त्यसमाथि त्यहाँ किलियान एम्बाप्पे, नेयमार र मार्को भेराटीजस्ता धेरै तलब लिने स्टार खेलाडीहरु पहिले नै छन् ।
मेस्सी पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता
मेस्सी पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




