महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ । ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशु धनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।
गतवर्ष माछापुच्छ्रे र रुपा गाउँपालिकामा पुषमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा।शोभा शर्माले बताइन् ।
उनका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ्रे«े र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी रोगविरुद्ध भैँसीलाई खोरेत र एचएसविक्यू, भेडा बाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविज विरुद्धको खोप दिइने छ ।
कास्कीभरिका पशुलाई खोप
कास्कीभरिका पशुलाई खोप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




