स्टार खेलाडी लियोनल मेस्सी विना घर बाहिरको पहिलो खेलमा बर्सिलोना बराबरीमा रोकिएको छ । एथ्लेटिक क्लबसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको हो। घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।
घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । उनले इकर मुनिएनको पासमा गोल गरेका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए । उनले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । ला लिगामा यो उनलको पहिलो गोल हो ।
खेलमा निरन्तर दवाव बनाए पनि बार्सिलोनाले बल्लतल्ल हार टारेको छ । ९० मिनेट पछिको अतिरिक्त समयमा बार्सिलोनाका डिफेन्डर गार्सियाले रातो कार्ड पाए । अघिल्लो खेलमा सानदार जित हात पारेको बार्सिलोना दोस्रो खेलमा बराबरीमा रोकिएको हो ।बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।




