त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग(२ सिरिज सेप्टेम्बर १३ देखि २० ९भदौ २८ देखि असोज ४ गते० सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई(दुई खेल खेल्नेछन् । त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग(२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।
नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा ९ भदौ २० र २३ गते ओमानमै हुनेछ । पीएनजी भने टी (२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी (२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ ।




