चितवनको सौराहाबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प’क्राउ परेका चिनियाँ नागरिकको नाम हुवाङ सिक्युन भएको प्रहरीले जानकारी दिएको छ।
पिपुल रिपब्लिक चाइना लेखिएको पासपोर्टमा हुवाङ सिक्युन नाम उल्लेख भएका ५१ बर्षिय पुरुषलाई सौराहाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भिसा सकिएरपनि चितवनको सौराहामा लुकिछिपी बसेको अव’स्थामा उनलाई पक्राउ गरिएको बताइएको छ।
प’क्राउ परेका चिनियाँ नागरिकलाई आबश्यक कानूनी कारबाहीका लागि अध्या’गमन वि’भाग पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ ।




