एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग प’राजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
नेपालले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो । खेलको ३९औं मिनेटमा चो’ट लागेसँगै बिमलाले मैदान छा’डेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्स विरु’द्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन् ।
नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बे’होरेको थियो । अब नेपालले मंगलबार हङकङसङ खेल्नेछ ।




