एभरेष्ट प्रिमियर लिग क्रिकेट ९ईपीएल० को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जि’त हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी सं’स्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले प’राजित गरेको हो ।
पहिला ब्याटिङ गरेको ललितपुरले ८ वि’केट गु’माए १५७ रन ब’नाएको थियो । जवाफमा काठमाडौँले ३ विकेट गु’माएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो । काठमाडौँको जितमा विदेशी खेलाडी र्यान ब्रुलले ३४ बलमा ७३ रनको वि’स्फोटक ब्या’टिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले न’टआउट १९ रनको यो’गदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।
काठमाडौँका ओपनर नेपाली खेलाडी सुवास खकुरेल शून्यमा आ’उट भएका थिए । यस्तै अमित श्रेष्ठले मात्र ४ रन बनाए । ललितपुरका लागि पवन सर्राफले १ वि’केट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले खराब शुरुआत गरेको थियो । नेपाली स्टार ओपनर कुशल भुर्तेल शून्यमा आउट भए भने विदेशी खेलाडी सनदुन वीराक्कोडीमात्र २ रनमा आउट भए । यसपछि विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भए ।
खराब ब्याटिङ गरेको ललितपुरलाई पवन सर्राफले ६१ रन बनाउँदै सम्मानजनक स्कोरसम्म पुर्याएका थिए । काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने विकेटबिहीन बनेका थिए ।




