पोखरा मालेपाटनमा भइरहेको अभियानकप भलिबल शुक्रवार चार खेल सम्पन्न भएको छ ।
पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निब सेन्टरले मिडिया टिम पोखरालाई सोझो
सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा
क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो । अन्तिम तथा चौथो खेलमा बाराही मा।वि।ले नव शिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल सहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल शान्ता भलिबल टे«निब सेन्टर र पोखरा टप्सबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मट्टिखान युवा क्लब र बाराही मा।वि।बिच हुनेछ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि
रहेको छ ।




