• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

अमेरिकाको रैथाने माछा ‘सकरमाउथ क्याट फिस’ नेपालमा

  •  संवाददाता
  • शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    Advertisement

    मोरङमा पहिलो पटक अनौठो प्रजातिको माछा भेटिएको छ। धनपालथान गाउँपालिकाको दादरबेरियास्थित लोहन्द्रा खोलामा लगभग पाँच सय ग्राम तौलको ‘सकरमाउथ क्याट फिस’ फेला परेको हो।

    स्थानीयले खोलामा माछा मार्ने क्रममा गत बुधबार दिउँसो फेला पारेपछि घरमा लगेर राखेका थिए। बचाउन मुस्किल परेसँगै पुनः माछालाई स्थानीयले खोलामै छाडिएको पाइएको डिभिजन वन कार्यालय मोरङका अधिकृत प्रमेश्वर पासवानले बताए। उनका अनुसार यो माछाको वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ हो। नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको उनको भनाइ छ। सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा पहिलो पटक यो माछा भेटिएको जानकारी पासवानले दिए। उनका अनुसार यो माछा अमेरिकाको भने रैथाने प्रजातिभित्र पर्छ। पछिल्लो समय यसलाई केही मुलुकले एकोरियममा सजावटका लागि राख्न थालेको उनको भनाइ छ। सजावटकै लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशमा यो माछा भित्र्याइएको विज्ञहरूले बताएका छन्।

    खानका लागि अयोग्य मानिने यसलाई आयूसीएन ९अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ० ले भने संकटापन्न जीवको सूचीमा राखेको छ। सजावटका लागि लगिएको माछा चीनको नदीहरूमा फैलिएको बताइन्छ। यो माछा कसरी नेपालमा आइपुग्यो भन्ने बारेमा अध्ययन एवं अनुसन्धान भइरहेको जानकारी वन अधिकृत पासवानले दिए। उनका अनुसार यो सहजै नेपालमा पाइने प्रजातिको माछा हैन।

    ‘मिचाहा प्रजातिको यो माछा खान योग्य छैन। यसको प्रवेशले नदी प्रणालीमै ठूलो असर गर्छ,’ उनले भने, ‘खाइदिने र मारिदिने गर्ने भएकाले नेपालका नदीमा पाइने रैथाने माछा नै लोप हुने खतरा रहन्छ। यो माछा जुनसुकै ठाउँको पानीभित्र बस्न सक्ने अवस्थाको हुन्छ।’ अधिकृत पासवानका अनुसार मिचाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन र विकासलाई धेरै ठूलो असर गर्छ।

    माछाविज्ञ दीपनारायण साह नेपालमा नपाइने यो माछा कसरी यहाँसम्म आइपुग्यो भन्ने पत्ता लगाउन अध्ययन एवं अनुसन्धान आवश्यक रहेको बताउँछन्। ‘यसले आफ्नो संख्या बढाउने र अरू रैथाने माछालाई खाने तथा शरीरमा भएको काँडाले हानेर मारिदिने गर्छ। माछाका भुराहरू पनि सबै सखाप बनाइदिन्छ,’ उनले भने, ‘नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो। नेपालको नदीमा देखा पर्नु भनेको रैथाने प्रजातिका लागि निक्कै हानिकारक एवं खतरनाक मानिन्छ।’

    नेपालमा रैथाने माछाको संख्या वृद्धिको निक्कै ठूलो बाधक मानिने भएकाले पनि यसका बारेमा गहिरो खोज तथा व्यवस्थापन आवश्यक रहेको साहले बताए। उनका अनुसार पानीभित्रको जमिन मुखले जोतिरहने यो माछाको बानी हुन्छ। जसका कारण पानीको भित्री सतहमा पाइने घाँसहरू ९वनस्पति० लोप एवं नष्ट हुन सक्ने साहको भनाइ छ।

    मुखले जोतेर रैथाने माछालाई आवश्यक पर्ने पानीभित्रको वनस्पति मारिदिने उनको भनाइ छ। ‘यो माछा नदी प्रणाली नै नष्ट गरिदिने प्रजातिको हो। पानीको भौतिक र रासायनिक गुणसमेत परिवर्तन गरिदिन्छ,’ माछाविज्ञ साह भन्छन्, ‘उपयुक्त वातावरण नै नष्ट हुने भएपछि रैथाने माछाको संख्या पनि बढ्दैन। संख्या नबढ्दा र भएकालाई पनि यसले खाइदिने हुँदा रैथाने माछा लोप हुन्छ।’ आवश्यक पर्ने पानीको वास्तविक गुण र उचित वातावरण नै नष्ट गरिदिने हुँदा यो प्रजातिको माछा रैथानेका लागि शत्रु मानिने साहको भनाइ छ। उनका अनुसार माछापालन भएको पोखरीभित्र यसको प्रवेश भएमा पालिएका सबै माछा स्वाहा बनाइदिन्छ।

    यो माछाले शरीरमा भएको काँडाले पानीको जीवमा आश्रित चरालाई समेत मारिदिने उनले बताए। नेपालको नदी प्रणाली, रैथाने माछा र पानीको जीवमा आश्रित चराको संरक्षणमा यो माछाका कारण चुनौती थपिने माछाविज्ञ साहको भनाइ छ।

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.