• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अमेरिकाको रैथाने माछा ‘सकरमाउथ क्याट फिस’ नेपालमा

  •  संवाददाता
  • शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    Advertisement

    मोरङमा पहिलो पटक अनौठो प्रजातिको माछा भेटिएको छ। धनपालथान गाउँपालिकाको दादरबेरियास्थित लोहन्द्रा खोलामा लगभग पाँच सय ग्राम तौलको ‘सकरमाउथ क्याट फिस’ फेला परेको हो।

    स्थानीयले खोलामा माछा मार्ने क्रममा गत बुधबार दिउँसो फेला पारेपछि घरमा लगेर राखेका थिए। बचाउन मुस्किल परेसँगै पुनः माछालाई स्थानीयले खोलामै छाडिएको पाइएको डिभिजन वन कार्यालय मोरङका अधिकृत प्रमेश्वर पासवानले बताए। उनका अनुसार यो माछाको वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ हो। नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको उनको भनाइ छ। सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा पहिलो पटक यो माछा भेटिएको जानकारी पासवानले दिए। उनका अनुसार यो माछा अमेरिकाको भने रैथाने प्रजातिभित्र पर्छ। पछिल्लो समय यसलाई केही मुलुकले एकोरियममा सजावटका लागि राख्न थालेको उनको भनाइ छ। सजावटकै लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशमा यो माछा भित्र्याइएको विज्ञहरूले बताएका छन्।

    खानका लागि अयोग्य मानिने यसलाई आयूसीएन ९अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ० ले भने संकटापन्न जीवको सूचीमा राखेको छ। सजावटका लागि लगिएको माछा चीनको नदीहरूमा फैलिएको बताइन्छ। यो माछा कसरी नेपालमा आइपुग्यो भन्ने बारेमा अध्ययन एवं अनुसन्धान भइरहेको जानकारी वन अधिकृत पासवानले दिए। उनका अनुसार यो सहजै नेपालमा पाइने प्रजातिको माछा हैन।

    ‘मिचाहा प्रजातिको यो माछा खान योग्य छैन। यसको प्रवेशले नदी प्रणालीमै ठूलो असर गर्छ,’ उनले भने, ‘खाइदिने र मारिदिने गर्ने भएकाले नेपालका नदीमा पाइने रैथाने माछा नै लोप हुने खतरा रहन्छ। यो माछा जुनसुकै ठाउँको पानीभित्र बस्न सक्ने अवस्थाको हुन्छ।’ अधिकृत पासवानका अनुसार मिचाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन र विकासलाई धेरै ठूलो असर गर्छ।

    माछाविज्ञ दीपनारायण साह नेपालमा नपाइने यो माछा कसरी यहाँसम्म आइपुग्यो भन्ने पत्ता लगाउन अध्ययन एवं अनुसन्धान आवश्यक रहेको बताउँछन्। ‘यसले आफ्नो संख्या बढाउने र अरू रैथाने माछालाई खाने तथा शरीरमा भएको काँडाले हानेर मारिदिने गर्छ। माछाका भुराहरू पनि सबै सखाप बनाइदिन्छ,’ उनले भने, ‘नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो। नेपालको नदीमा देखा पर्नु भनेको रैथाने प्रजातिका लागि निक्कै हानिकारक एवं खतरनाक मानिन्छ।’

    नेपालमा रैथाने माछाको संख्या वृद्धिको निक्कै ठूलो बाधक मानिने भएकाले पनि यसका बारेमा गहिरो खोज तथा व्यवस्थापन आवश्यक रहेको साहले बताए। उनका अनुसार पानीभित्रको जमिन मुखले जोतिरहने यो माछाको बानी हुन्छ। जसका कारण पानीको भित्री सतहमा पाइने घाँसहरू ९वनस्पति० लोप एवं नष्ट हुन सक्ने साहको भनाइ छ।

    मुखले जोतेर रैथाने माछालाई आवश्यक पर्ने पानीभित्रको वनस्पति मारिदिने उनको भनाइ छ। ‘यो माछा नदी प्रणाली नै नष्ट गरिदिने प्रजातिको हो। पानीको भौतिक र रासायनिक गुणसमेत परिवर्तन गरिदिन्छ,’ माछाविज्ञ साह भन्छन्, ‘उपयुक्त वातावरण नै नष्ट हुने भएपछि रैथाने माछाको संख्या पनि बढ्दैन। संख्या नबढ्दा र भएकालाई पनि यसले खाइदिने हुँदा रैथाने माछा लोप हुन्छ।’ आवश्यक पर्ने पानीको वास्तविक गुण र उचित वातावरण नै नष्ट गरिदिने हुँदा यो प्रजातिको माछा रैथानेका लागि शत्रु मानिने साहको भनाइ छ। उनका अनुसार माछापालन भएको पोखरीभित्र यसको प्रवेश भएमा पालिएका सबै माछा स्वाहा बनाइदिन्छ।

    यो माछाले शरीरमा भएको काँडाले पानीको जीवमा आश्रित चरालाई समेत मारिदिने उनले बताए। नेपालको नदी प्रणाली, रैथाने माछा र पानीको जीवमा आश्रित चराको संरक्षणमा यो माछाका कारण चुनौती थपिने माछाविज्ञ साहको भनाइ छ।

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.