झारफुक गर्न मोटो रकम माग गर्ने एक जना बौद्ध लामालाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्ने लामा बौद्ध भुपाल दोर्जे लामा रहेका छन् । उनलाई प्रहरीले पोखराको लामाचौरबाट पक्राउ गरेको हो ।
काठमाण्डौको बौद्धबाट पोखरा आएका उनले स्थानीय एक बासिन्दालाई झारफुक गर्न मोटो रकम माग गरेको प्रहरीको दाबी छ। उनलाई वडा प्रहरी कार्यालय बगर पोखराको हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उनले बिरामी सन्चो बनाउने भन्दै २१ लाख रुपियाँसम्म माग गरेको समाचारस्रोतको दाबी छ।
यसैबीच प्राप्त एक जानकारी अनुसार,अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका बौद्ध लामाले पिडित भनिएका व्यक्तिलाई आफुले झारफुकको नाममा हालसम्म लिएको रकम फिर्ता गर्न सहमत भएपछी उनलाई बिना कारबाही छाड्ने तयारी भैरहेको प्राप्त जानकारीमा उल्लेख छ। झारफुक्का नाममा आफु ठगिएको भन्दै उजुरी दिएका पीडितले उजुरी फिर्ता लिन राजी भएपछी उजुरीको अभाब रहेको कारण देखाउदै प्रहरीले ती बौद्ध लामालाई हिरासतमुक्त गर्न लागेको समाचारस्रोतको दाबी छ।




