एमडीएमएस प्रणाली अझै पूर्ण रूपमा लागू हुन सकेको छैन ।
यसले गर्दा अवैध मोबाइल फोनको बिक्री वितरण बढिरहेको व्यवसायीहरू बताउँछन् । अब पनि एमडीएमएस लागू भएन भने हामी दूरसञ्चार प्राधिकरणको गेटमा धर्नामा बस्नुको विकल्प हुँदैन,’ मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘आश्वासन मात्रै धेरै आइसक्यो । यही महिनाभित्र लागू गर्नुपर्छ ।’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एमडीएमएस तुरुन्तै कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।
‘मलाई यसबारे व्यवसायीहरूले हिजोमात्रै भन्नुभयो,’ मन्त्री शर्माले भने, ‘यो तत्काल लागू गर्न निर्देशन दिइसकेको छु यो समस्या समाधान हुन्छ ।’ शर्माले एमडीएमएसका विरुद्ध कोही पनि नलागेको र कसैले आफूलाई रोक्न नखोजेको स्पष्ट पारे ।प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले केही महिनाको अन्तरालमै एमडीएमएस लागू हुने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार आव २०७७ र ७८ मा करिब ३७ अर्ब रुपैयाँ बराबरको ७० लाख हाराहारीका मोबाइल सेट आयात भएको थियो । त्यसबाट करिब ६ अर्ब राजश्व संकलन भएको अर्यालले बताए । नेपाल भित्रिनेमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रूपमा आउने गरेको अनुमान छ ।




