रेबान पोखराले अगेंजी नयाँ बर्षको अवसरमा आयोजना गरेको २३ औं सडक महोत्सवमा सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । महोत्सवको तेश्रो दीन शनिबार विहानै करिब १ः३६ बजेको समयमा शान्ति पाटन क्षेत्रमामहोत्सवमा आएका स्याङजा फेदीखोलाका ४० बर्षीय सुनिल गुरुङको सवारी दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी
एवं डि।एस.पी.सुन्दर तिवारीले बताए ।
ग २ च १११८ नम्बरको हाइलक्स गाडीले महोत्सवमा आएका गुरुङलाई ठक्कर दिए पश्चात उनको मेट्रो सिटि अस्पालमा उपचार हुदै गर्दा मृत्यु भएको उनले जनाए। उक्त गाडीको ठक्करले कास्कीकी एक युवती सलिना बराल समेत घाइते भएको डि।एस।पी।तिवारीले बताए ।
उनका अनुसार घाइते बराल हाल खतरा मुक्त भएकी छन्। गाडी चालक कास्की लेखनाथका २९ बर्षका सुवास बि।क। र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




