स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन पीएसजी का चार खेलाडीमा कोभिड–१९ संक्रमण भएको छ ।
फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो । मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो ।
यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको छ ।




