पोखरा – वन्यजन्तुको अबैध छालासहित प्रहरीले २८ बर्षिय खोबहादुर थापालाई पक्राउ गरेको छ ।
घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले छापा मारी बुधबार थापालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका २२ पुम्दिभुम्दीका २८ बर्षिय थापाको घरबाट चितुवाको छालासहित पक्राउ गरेको हो । अभियुक्तलाई वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुरमा अनुसन्धान र कारवाहीको प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अबैध छालासहित प्रहरीले २८ बर्षिय खोबहादुर थापालाई पक्राउ
अबैध छालासहित प्रहरीले २८ बर्षिय खोबहादुर थापालाई पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




