नेपालको अनुमति बिना महाकाली नदी तरेर नेपाल छिरेका एक जना भारतीय सैनिकलाई नेपाली सुरक्षाकर्मीले फेरी पौडिएर महाकाली नदी हुँदै भारत फिर्ता गरि दिएका छन्।
भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका एक जवानलाई बुधबार नेपाली सुरक्षाकर्मीले फेरी पौडिएर महाकाली नदी हुँदै भारत फिर्ता गरि दिएका हुन्।
ती भारतीय सैनिक महाकाली नगरपालिका–४ स्थित जिल्ला अस्पतालको ठिक पारिपट्टीबाट महाकालीमा पौडी खेली ढुंगामा रसी ९डोरी० बाँध्न नेपाल प्रवेश गरेका थिए । नदीमा ‘रेस्क्यु ट्रेनिङ’ गर्न अपराह्न ४ बजेतिर पौडी खेलेर नेपाल–भारत जोड्ने दुई रसी बाँधिरहेका थिए । त्यसै क्रममा नेपालका प्रहरी पुगी भारतीय सैनिकले बिना अनुअति नेपालतर्फ बाँधेको रसी फुकाई दिएका थिए। त्यसपछि नेपाल प्रहरीका ती दुई जवानले नेपाल आएका भारतीय सेनाका जवानलाई पौडी खेलेरै प्रहरीहरुले पारि पठाएका थिए ।
महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा नेपालको अनुमति लिनुपर्ने भए पनि नेपाली प्रशासनलाई त्यसबारे कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।




