कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला म्याग्दी रघुगंगा गा.पा. वडा नं. ७
चिमखोला स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१० रक्षामार्ग बस्ने वर्ष २१
को सन्दिप पुनको साथबाट लागू औषध डाईजापाम(७५ एम्पुल, फेनेरागन (७५ एम्पुल र
नुर्फिन–७५ एम्पुल गरी जम्मा (२२५ एम्पुल लागू औषध र मोबाईल १ थान सहित फेला
परी निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात
म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जानकारी जिल्ला कास्की प्रहरी द्धारा बताईएकाे छ ।




